विश्वकप क्रिकेटमा आज दुई खेल

काठमाडौँ - आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन्। बिहान पौने १० बजे एडलेडमा नेदरल्याण्ड्स र जिम्बाबे भिड्दा दिउँसो पौने २ बजे सोही मैदानमा भारतले बंगलादेशसँग खेल्नेछ।

सुपर १२ चरणको समुह दुईमा ३ खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ। ४-४ अंक जोडेका भारत र बंगलादेश दोस्रो तथा तेस्रो स्थानमा रहेका छन्। चौथो स्थानको जिम्बाबेको ३ अंक छ भने २ अंक मात्रै जोडेको पाकिस्तान पाँचौ स्थानमा रहेको छ। पुछारमा रहेको नेदरल्याण्ड्सले अंक जोड्न सकेको छैन।

विश्वकपअन्तर्गत मंगलबारको खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इंग्ल्याण्ड समुहको दोस्रो स्थानमा उक्लिएको छ।

समुह एकमा ४ खेलबाट इग्ल्याण्डको ५ अंक छ। शिर्ष स्थानको न्युजिल्याण्ड तथा तेस्रो स्थानको अष्ट्रेलियाको पनि समान ५-५ अंक रहेको छ। सुपर १२ चरणका दुबै समुहका शिर्ष २ टोलीहरु सेमिफाइनलमा पुग्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×