काठमाडौँ - नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने बिग बास लिग बीबीएल को १२औं संस्करणको ड्राफ्टमा परेका छन्।
बुधबार बीबीएलले सामाजिक संजालमार्फत सन्दीप ड्राफ्टमा रहेको जनाएको छ। सन्दीपले यस अघि ४ संस्करणको बीबीएल खेलिसकेका छन्।
पहिलो २ संस्करण मेलवर्न स्टारबाट खेलेका उनले पछिल्ला २ संस्करण भने होर्बाट हुरिकेन्सबाट खेलेका थिए। हुरिकेन्स बाट खेलेका सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन्।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ।