काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) द्वारा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आईतबार भव्यताका साथ सम्पन्न भएको छ । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी– घण्टाघर– दरबारमार्ग – पुतलीसडक –प्रदर्शनी मार्ग – भद्रकाली – एन. ए. सी न्यूरोड–बसन्तपुर–न्यूरोड हुँदै टुडिखेलमा समापन गरिएको छ । यसरी सम्पुर्ण नगरबासिहरु भगवान नामको किर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपुर्ण बिधिले उत्सब मनाइएको हो ।
नेपाली ईतिहासमा परापुर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो । यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्राध्यक्ष सम्माननीय राष्ट्रपति पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको सुभारम्भ भयो । राष्ट्रपतिले वैदिक सनातन धर्मलाई संसारभरी प्रचार गर्नै इस्कोनका संस्थापक आचार्य कृष्ण कृपामुर्ति श्रीमद ए.सी. भक्तिबेदान्त स्वामी प्रभुपादज्यूलाई माल्यार्पण गरि सम्मान प्रकट गर्नुभयो । राष्ट्रपतिज्यूले कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्री जगनाथ वलदेव शुभद्रा महारानी को दर्शन गरि भगवानको आरती गरेर नरिवल फुटाइ रथको डोरी तानी रथयात्राको उद्घाटन गरे ।
यस पश्चात इस्कोनका अध्यक्ष श्रदेय परमेश्वर अच्युत प्रभुजी बाट राष्ट्रपतिलाइ श्री राधाकृष्णको फोटो फ्रेम अर्पण गरियो । साथै ईतिहासमा जगन्नाथ पुरीका राजाले भगवान बिराजमान हुनुभएको रथ हिड्ने बाटो सुनौलो झाडु प्रयोग गरि मार्जन गर्थै । त्यसरी नै सम्माननिय राष्ट्रपतिले पनि मार्जन गरि वैष्णव संस्कारलाई निरन्तरता दिएका छन् । बिहान १०ः४० बजे बाट शुरु भएको यस कार्यक्रममा नगरबासीहरुको उपस्थितिमा भगवान नामको किर्तन, भगवानको दिव्य लिला बर्णित ग्रन्थको बितरण तथा दिव्य भगवानको प्रसाद वितरण गरिएको थियो । रथयात्रा मार्गमा नगरबासिहरुले आ–आफ्नो घर, स्थानबाट भगवानको स्वागत तथा पुजा अर्चना गरि आफ्नो मौलिक संस्कारलाई निरन्तरता दिइएको थियो । यसरी हजारौँ भक्तहरुको उपस्थितिमा वर्षाको झरीमा पनि आनन्दका साथ प्रसादम वितरण गरि टुडिखेलमा रथयात्र समापन गरिएको थियो । यसरी नेपाली संस्कारको महत्व अहिले संसारभरि आवश्यकता रहेको र त्यसको पुर्तिको लागि यस रथयात्रा कार्यक्रमले एक अर्को पाईला चालेको हामीले अपेक्षा गरेका छौं ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रि संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठुला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्ण भावनाको प्रचार गरिरहेका छन् ।