तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। शोक वक्तव्य जारी गर्दै उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।
शुक्लागण्डकी नगरपालिका–८ निवासी कांग्रेसका पूर्वजिल्ला सदस्य एवं प्रजातन्त्र सेनानी रुद्रबहादुर सेन, कांग्रेसका क्रियाशील सदस्य लक्ष्मी खाँण र ओमप्रकाश गुरुङको निधनबाट आफू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै नेता पौडेलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
यसैगरी कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले पनि उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटासुमो एकापसमा ठोक्किँदा टाटासुमोमा सवार तीनै जनाको ज्यान गएको थियो।