‘एभरेस्ट म्यान’लाई काजकिस्तानमा उत्कृष्ट वृत्तचित्रको अवार्ड

काठमाडौँ - कीर्तिमानी आरोही कामीरिता शेर्पाको साहसलाई देखाइएको वृत्तचित्र ‘एभरेस्ट म्यान’ले काजकिस्तानको वस्ताव फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ। यस वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन्।

यस वृत्तचित्रमा पर्वतारोहणको सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखिएका असरलाई देखाइएको छ। हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायले खेल्दै आएको भूमिका र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन उनीहरूले गरेको प्रयासलाई यस वृत्तचित्रमा देखाइएको छ।

कोरोनापछि खस्किएको नेपाली पर्यटन उद्योगलाई पुनरुत्थान गर्न वृत्तचित्र सहयोगी बन्न सक्ने अधिकारीको विश्वास छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×