यसकारण अभिषेकले छोड्नु पर्यो करिश्मा कपुरलाई

भारत। आज बलिउड अभिनेता अभिषेक बच्चनको जन्मदिन रहेको छ। आज ५ फेब्रुअरीबाट उनी ४६ वर्षका भएका छन्।

उनको जन्म १९७६ मा महाराष्ट्रको बम्बईमा भएको थियो। उनी लोकप्रिय अभिनेता अमिताभ बच्चन र अभिनेत्री जया बच्चनका छोरा हुन्। सन् २००० बाट बलिउडमा प्रवेश गरेका अभिषेकले धेरै सफल चलचित्रमा आफ्नो अभिनय दिइसकेका छन्।

खासमा, सन् २००२ मा अमिताभ बच्चनले आफ्नो ६० औँ जन्मदिनको उपलक्ष्यमा अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुरको इन्गेजमेन्ट हुने बताएका थिए। जया बच्चनले पनि एक कार्यक्रममा करिश्मालाई बुहारी बताएकी थिइन्। तर, दुर्भाग्यवश सन् २००३ मा इन्गेजमेन्ट टुट्न गयो।

जयाले बुहारीले बिहेपछि चलचित्रमा काम  गर्न नपाउने शर्त राखेपछी सम्बन्धको अन्त्य भएको थियो। त्यसपछि करिश्माले २००३ मा व्यवसायी सञ्जय कपुरसँग विवाह गरिन्। र, अभिषेक अभिनेत्री तथा विश्वसुन्दरी ऐश्वर्या रायसँग वैवाहिक बन्धनमा बाँधिए। प

जोडीले ‘ढाई अक्षर प्रेम के’, ‘कुछ न करो’, ‘गुरु’, ‘धूम २’, ‘रावण’, ‘बंटी र बबली’ लगायतक चलचित्रमा सँगै काम गरेका छन्। जोडीले १४ जनवरी २००७ मा इन्गेजमेन्ट गरेको थियो। त्यसैगरि २० अप्रिल २००७ मा विवाह गरेको थियो। जोडीको एक छोरी आराध्या छिन्।

९ वर्षको उमेरमा डिस्लेक्सियाबाट पीडित अभिषेकले बिजनेश अध्ययनका लागि बोस्टन विश्वविद्यालयमा भर्ना लिएका थिए। तर, पछी पनि उनले बलिउडमा राम्रो भविस्य देखे र पढाइ बीचमै छाडिदिए। शब्द लेख्न र बुझ्न समस्या हुने रोगलाई डिस्लेक्सिया भन्छन्।

अभिषेक सन् २००० मा जेपी दत्तको चलचित्र ‘रिफ्युजी’बाट बलिउडमा प्रवेश गरेका हुन्। तर, चलचित्र सफल हुन सकेन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×