अवैध लागूऔषधसहित तीन जना पक्राउ 

काठमाडौं - रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका–३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले लु.१३ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, क्रेज्याक ७५ एम्पुल, एबोट ७५ एम्पुल र बुप्रेमोर्फिन ५० एम्पुलसहित स्याङ्जा फेदीखोला गाउँपालिका–४ आरूखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×