हेनुहोस्, आजको मौसम

काठमाडौं - देशका अधिकांश भू–भागमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ ।

आज (सोमबार) बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त महाशाखाका अनुसार तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×