एजेन्सी। युइएफए च्याम्पियन्स लिगको समूह चरणमा आज (बुधबार) राति पाँचौ राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदैछ। साविकको उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दैछ। खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ।
दुवै टोली जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्न चाहन्छन्। चार खेल खेलेको सिटी ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने समान खेलबाटै पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा छ।
यि दुई टोलीको पछिल्लो ५ खेलको नतिजामा सिटी ३ खेलमा विजयी भएको छ। एक खेल पीएसजीले आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ। पछिल्लो खेलमा पीएसजीले सिटीलाई २–० ले पराजित गरेको थियो। जसमा मेस्सीले पनि गोल गरेका थिए।