काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा पूर्वपराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आज मंगलबार उपमहासचिव ज्ञवालीले आफ्नो सामाजिक सञ्जालमार्फत् कोरोना परीक्षणको रिपोर्टअनुसार आफूमा कोरोना भाइरसको संक्रमणको स्थित पोजिटिभ देखिएको जानकारी दिएका हुन्। साथै, आफूलाई माइल्ड लक्षण देखिएको उल्लेख गर्दै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन आग्रह गरेका छन्।