इलाममा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

इलाम- सूर्योदय नगरपालिका-३ तीनखुट्टेस्थित फिक्कल-पशुपतिनगर सडक खण्डमा दुर्घटनामा एकजनाको  मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब साढे ४ बजे फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको को १ ज ३५८९ को जिप र विपित दिशातर्फ जाँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सूर्योदय-१ वाङ्गिनका २३ वर्षीय सौगात राई घाइते भएका थिए। उनको उपचारको क्रममा शुक्रवार साँझ ६:२० बजे  झापाको बिएण्ड्सी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल पछाडि रहेका वाङ्गिनकै २६ वर्षीया सम्झना राई घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र जिप चालक प्रहरीको नियन्त्रणमा रहको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×