चाँदीले तोड्यो ४ हजारको सीमा, ऐतिहासिक रेकर्ड

काठमाडौं । बुधबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ इतिहास बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ, जसले पहिलो पटक ४ हजारको सीमा पार गरेको हो। एकैदिन चाँदीको मूल्य १७० रुपैयाँले बढेको महासंघले जनाएको छ।

यससँगै एक साताभित्रै चाँदीले लगातार नयाँ रेकर्ड बनाइरहेको देखिएको छ। उता सुनको मूल्य पनि बढेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×