एक साताभित्र दूधको मूल्य तोक्ने तयारी

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  दूधको  मूल्यसम्बन्धी  अध्ययन  प्रतिवेदन कार्यान्वयनमा   ल्याउन   उद्योगी   तथा   किसानका प्रतिनिधिले सुझाव दिएका छन्।

सरकारले  तयार  पारेको  सो  प्रतिवेदनले  हाल कायम  रहेको  दूधको  मूल्यमा  प्रतिलिटर  १०  रुपियाँ वृद्धि  गर्ने  प्रस्ताव  गरेको  छ।

हाल  दूधको  मूल्य प्रतिलिटर ७६ रुपियाँ छ। कृषिमन्त्री  महिन्द्रराय  यादवले  सरोकारवालासँग छलफल सकिएको र उनीहरूको सुझावअनुसार चाँडै नै दूधको मूल्य घोषणा गर्ने बताए ।

मन्त्रालय एक साताभित्रै मूल्य तोक्नेगरी अघि बढेको खबर गोरखापत्रमा छापिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×