इन्द्र लामिछानेको स्वरमा तयार भएको ‘मानव जीवन’ बोलको भजनमा कलाकार हरिहर शर्मा

काठमाडौँ - वरिष्ठ कलाकार हरिहर शर्मा एउटा नयाँ गीतको म्युजिक भिडियोमा प्रस्तुत भएका छन्। गायक इन्द्र लामिछानेको स्वरमा तयार भएको ‘मानव जीवन’ बोलको भजनमा कलाकार शर्माले अभिनय गरेका हुन्।

उक्त गीतमा किशोर शिवाकोटीको शब्द तथा संगीत रहेको छ। यो भजनलाई कुमार थापाले संगीत संयोजन गरेका हुन्।

सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहन-सहनबीच छोरा, छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घटनाहरुलाई समेटिएको छ।

किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोमा कलाकार शर्माको अभिनयले जीवन भरेको छ भिडियोमा शर्मासहित दिनेश कोइराला र रमा खड्काको अभिनय छ। भिडियो गायक लामिछानेकै अफिसियल युट्युब च्यानल लामिछाने ब्रदर्स इन्टरटेनमेन्टबाट बजारमा आएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×