तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात

तनहुँ। तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ। बिहीबार रातिदेखि वर्षा भएसँगै आज बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो। आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए। “जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा लामो समयपछि हिमपात भएको छ, यसभन्दा अगाीड धेरै वर्ष पहिला हिउँ परेको थियो”, उनले भने। 

उनका अनुसार छिम्केश्वरी मन्दिरभन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको छ। “बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य भएको छ, यसभन्दा पहिला पनि हल्काहल्का पर्ने गरे पनि यस पटक भने डाँडा सेतो हुने गरी हिउँ परेको छ”, उनले भने। समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×