सबै प्रदेशमा काँग्रेस पहिलो

काठमाडौँ - स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना  सार्वजनिक  हुँदा  नेपाली काँग्रेस सबै  प्रदेशमा ठूलो दल बन्ने भएको छ  ।

शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश  १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ  भने बागमती प्रदेशमा ४८  प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

मधेस प्रदेशबाहेक अरू  सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी  स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा  भने ३६ प्रतिशत  स्थानीय  तहमा  काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले)  दोस्रो ठूलो दल बन्ने     भएको छ  । शनिबार सम्मको घोषणाअनुसार एमालेले      गण्डकी  प्रदेशमा  सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा  आफ्ना  उम्मेदवारलाई जिताउन  सफल  भएको छ  ।


गण्डकी  प्रदेशमा काँग्रेस  र एमालेले जित्ने स्थानीय तहको      प्रतिशत ४२/४२   प्रतिशत   बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा काँग्रेस र एमालेका ३५/३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×