बार्सिलोनाद्वारा राफिन्यालाई अनुबन्ध गर्ने सहमति

काठमाडौँ - बार्सिलोनाले राफिन्यालाई प्रिमियर लिग क्लब लिड्सबाट अनुबन्ध गर्ने सहमति गरेको छ। द गोल डटकमका अनुसार क्याटालान क्लबले ब्राजिलियन खेलाडीलाई अनुबन्ध गर्न लिड्सलाई ७.७ करोड डलर तिर्नेछ। 

राफिन्याले बुधबार मेडिकल गरेर बार्सिलोनासँग करारमा हस्ताक्षर गर्ने अनुमान गरिएको छ। खेलाडीले २०२७ सम्मका लागि क्लबसँग सम्झौता गर्ने बताइएको छ।

उनलाई अनुबन्ध गर्न चेल्सीले पनि प्रयास गरेको थियो  तर, २ वर्ष प्रिमियर लिगमा बिताएर उनी ला लिगा आउन तयार भएका हुन्। इंग्ल्याण्डमा रहँदा उनले क्लबका लागि ६७ खेल खेल्दा १७ गोल गरेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×