काठमाडौँ। अक्सर नेपालको मात्र नभएर संसारभरिका कलाकारहरुको प्रेमसम्बन्धको बिभिन्न अफवाह चल्ने गरेको छ। यसैबिच नेपाली सिने जगतका दुई व्यक्तिहरुको चर्चा अहिले चल्न थालेको छ। यो अफवाह नायिका वर्षा शिवाकोटी र राज कटुवालको रहेको छ।
केहीमहिना अघि जोडी छुट्टिएको खबरले नेपाली सिने जगत तातेको थियो। अहिले फेरी यो जोडीको मिलाप भएको अड्कल काटिन थालेको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेको यो जोडीले अहिले पुनः एकअर्कालाई फलो गरेका छन्।
कुरा फलोमा मात्र सिमित नभएर जोडी लाकुरी भञ्ज्याङस्थित ‘द टेरिस रिसोर्ट एन्ड स्पा’मा डेट पनि गएका छन्। दुबैले रिसोर्टबाट तस्बिर पोस्ट समेत गरेका छन्। राजले कफी पिएको वर्षाको तस्बिरलाई लाइक पनि गरे। जसबाट जोडी पुनः सम्बन्धमा बसेको अड्कल प्रशंसकहरुले काट्न थालेका छन्।
बिभिन्न सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा जोडीले आफुहरु सम्बन्धमा रहेको पनि स्वीकारेका छन्।