‘कान्तारा’ नहेरेको कारण रश्मिकालाई गाली

काठमाडौँ - ‘पुष्पा’ अभिनेत्री यतिबेला करिअरको उचाइमा छिन्। दक्षिण भारतीयदेखि बलिउड फिल्मसम्म पनि उनी छाएकी छिन्।

हालसालै विजयको नयाँ फिल्म ‘भरिसु’को गीतबाट नयाँ रेकर्ड कायम गर्न सफल रश्मिका ट्रोलरका कारण भने हैरान छिन्। उनले मंगलबार लामो इन्स्टापोस्ट लेख्दै आफूमाथि विनाकारण पनि ट्रोल हुने गरेकोमा गुनासो गरेकी छिन्।

पहिलादेखि नै ट्रोलरको निशानामा पर्दै आएकी रश्मिका यो पटक भने  ‘कान्तारा’का कारण भुङ्ग्रोमा परेकी हुन्। केही दिनअघि रश्मिकालाई हैदराबाद एयरपोर्टमा पत्रकारले ‘कान्तारा’ हेरेको कि नहेरेको भनेर सोधेका थिए। जवाफमा रश्मिकाले अहिलेसम्म आफूले फिल्म नै नहेरेको जवाफ दिएकी थिइन्।

बस यतिभएपछि ट्रोलरलाई मसला पुगिगो। उनीहरूले रश्मिकाले ‘आफ्नो संस्कार र संस्कृतिको सम्मान गर्न नसक्ने, मात्तिएकी,आदि गालीसहित ट्रोल बर्साउन थाले।

खासमा रश्मिकालाई फ्यान वा ट्रोलले खेदो खन्नुको कारण भने अर्कै छ। रश्मिकाले कन्नड फिल्म ‘किरक पार्टी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। यो फिल्मका निर्देशक थिए रिसब सेठ्ठी जो‘कान्तारा’का पनि निर्देशक तथा कलाकार हुन्। ट्रोलरले आफूलाई ब्रेक दिने निर्देशकको फिल्म नहेरेर रश्मिका ‘ठूलो पल्टिएको’ भन्दै असन्तुष्टि जनाएका हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×