विषम परिस्थितिमा सशस्त्र प्रहरी बलकाे भूमिका प्रशंसनीय : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्वार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

सशहस्त्र प्रहरी बल नेपालको २१ औँ  स्थापना दिवस समारोहलाई सम्बाेधन गर्दै उनले उक्त शसस्त्र प्रहरीकाे कार्य प्रशंसनीय भएकाे बताएका हुन् ।

उनले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपिएफ अस्पतालमार्फत सङ्क्रमितहरुको उपचारमा पुर्याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरे ।

गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिए।

सो क्रममा उनले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×