फिल्म 'महापुरूष' कात्तिक ११ गते प्रदर्शन हुने

काठमाडौँ - फिल्म ‘महापुरूष’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। 'महजोडी'  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म आगामी कात्तिक ११ गते रिलिज हुनेछ।

प्रचारका लागि निर्माण टिमले २ वटाा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य देखिएका छन्। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुलाबेहुलीको लुकमा भागिरहेको देख्न सकिन्छ।

षट्कोण आट्स प्रस्तुती रहेको फिल्मको निर्माता दिपेश खत्री हुन्। रविन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको छ।

फिल्ममा हरिवंश, मदनकृष्ण र रविन्द्रका साथै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना क्षेत्री, शिखा तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×