नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वरीयता, कसको वरीयता कति ?

काठमाडौं । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । 

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

मंसिर २४–२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । 

कांग्रेसले जारी गरेको सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन्  थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् 

थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ । 

कांग्रेसमा सभापतिले  ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ । 

कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन्भने उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।  महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि रहनुभएको छ । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा रहेका छन् । 

सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् 

केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला दोस्रोमा रहेका छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ । 

वरीयताको १३५ औं नम्बरमा जीवन राना रहनुभएको छ ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×