‘मलाई माया’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको स्वरमा ‘मलाई माया’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ। गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं सङ्गीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ। हाल अमेरिकामा बसोबास गर्दै  आएका कलाकार अर्जुन थापा नेपाली गीत सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका छन्।

बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन्। सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। माया प्रेमसँग सम्बन्धित म्युजिक भिडियो ‘कलापुञ्ज’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×