एसिया कप: श्रीलंकामाथि अफगानिस्तानको जित

काठमाडौँ - शनिबारदेखि सुरु भएको एसियाकपमा अफगानिस्तानले शानदार सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकामाथि अफगानिस्तानले ८ विकेटको प्रभावशाली जित निकालेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंका अफगानिस्तान बलरसामु निरीह देखियो। उसले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो। श्रीलंकाका लागि भानुका राजापाक्षेले ३८ रन बनाउनु सर्वाधिक रह्यो।

त्यस्तै चामिका करुनारत्नेले ३१ रन बनाएका थिए। त्यस्तै धनुस्का राजपाक्क्षले १७ रन बनाए। अफगानिस्तानका लागि फजलाह फारोकीले ३ विकेट लिँदा मञ्जिल उर रहमान र मोहम्मद नावीले समान २-२ विकेट लिएका थिए।

१०६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले विस्फोटक ब्याटिङ गर्दै १०.१ ओभरमानै २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि रमनुल्लाह गुरुबाजले १८ बलमा ४० रन बनाउँदा इब्राहिम जाद्रानले १५ रन बनाएका थिए। ओपनर हज्रतुलाह जाजाई ३७ रनमा अविजित रहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×