तमन्ना भाटिया निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा देखिने

भारत। बलिउड अभिनेत्री तमन्ना भाटिया निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा देखिने भएकी छिन्। उनी चलचित्र ‘बब्ली बाउन्सर’को मुख्य भूमिकामा देखिनेछिन्।

चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु गरिएको छ। यो चलचित्र यहि वर्षको अन्त्यमा प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्र हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण हुनेछ। त्यसैगरि चलचित्रमा सौरभ शुक्ला, अभिषेक बजाज र साहिल वैद्य पनि मुख्य भूमिकामा देखिने भएका छन्।

फक्स स्टार स्टुडियोज र जंगल पिक्चर्सले संयुक्त रुपमा बनाउन लागेको चलचित्रमा अमित जोशी, आराधना देवन्थ र मधुर भण्डारकरको कथा तथा पटकथा रहेको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×