चलचित्र 'ए मेरो हजुर ४'को गीत 'सुन्तला' सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र 'ए मेरो हजुर ४'को गीत 'सुन्तला' सार्वजनिक गरिएको छ। गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने मेलिना राई र निशान भट्टराईको आवाज रहेको छ। उदयराज पौडेलको संयोजन रहेको सो गीतको भिडियोमा कलाकार अनमोल केसी, सलोन बस्नेत र सुहाना थापालाई देख्न सकिन्छ।

गीतको भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिलकुमार थापाको निर्माण र झरना थापाको निर्देशन रहेको चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×