सन्दिपबारे तत्काल छलफल हुँदैनः क्यान अध्यक्ष चतुरबहादुर चन्द

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको बारेमा तत्काल कुनै छलफल नहुने बताएका छन्।

चन्दले लामिछानेमाथि लागेको आरोपको बारेमा क्यानलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको कारण लामिछानेबारे तत्काल कुनै छलफल नहुने बताएक हुन्।  ‘आधिकारिक रूपमा जानकारी आएपछि मात्र छलफल गर्छौँ। तत्काल लामिछानेको बारेमा छलफल हुने सम्भावना छैन,’ अध्यक्ष चन्दले भने। 

सन्दिपविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ। पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×