गोरखाको मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाइ फायर

गोरखा - गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा झडप भएको छ। मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाइ फायर समेत गर्नु परेको छ।

स्थानीय एक व्यक्तिले आफ्नो बाबुको मतदान गरेर फर्कन लाग्दा धकेलाधकेल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो। झडप भएपछि ज्ञान मार्ग माविको केन्द्रको बुथमा टाँगेको डोरीहरु पनि चुँडिएको ज्ञानमार्ग माविको ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारीले जानकारी दिएका छन्। उनका अनुसार डोरीहरु चुँडिएको र फेरि बुथ बनाएर अब मतदान प्रक्रिया सुरु गर्नका लागि सर्वदलीय बैठक चलिरहेका कारण ब्यालेट बक्सभित्र लगेर राखिएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सानो हतियारबाट एक राउण्ड हवाइ फायर भएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×