ग्यारेथ बेल लस एन्जलसमा एक वर्षका लागि अनुबन्ध

काठमाडौँ - स्पेनिस क्लब रियाल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलस एफसी अनुबन्धित भएका छन्। वेल्सका कप्तान समेत रहेका ३२ वर्षीय बेल फ्रि एजेन्टमार्फत लस एन्जलसमा १ वर्षको लागि अनुबन्धित भएका हुन्। 

क्लबले सोमबार उनी क्लबमा अनुबन्ध भएको आधिकारिक जनाकारी गराएको हो। उनी सन् २०२३ सम्म लस एन्जलसमा रहनेछन्। 

सन् २०१३ मा इंग्लिस क्लब टोटेनहमबाट रियाल आएका उनले सान्टियागो बर्नाबेउमा ९ वर्ष बिताउँदा क्लबका लागि २५८ खेलमा १०६ गोल गरेका थिए। साथै ६७ गोलको अवसर सिर्जना गरेका थिए। 

बेलले देशका लागि १०५ खेलमा २८ गोल गरेका छन्। भने,२२ गोलका लागि अवसर सिर्जना गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×