भोगचलन गरिरहेको खेतबारी गुठीको नाममा दर्ता, ३,५०० सय घरधुरी समस्यामा

काठमाडौँ - वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन्। धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ। दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो।

जग्गा नापी भएर लालपुर्जा वितरण गरेपछि वार्षिक तिरो तिर्न जिल्ला मालपोत कार्यालय जानुको सट्टा स्थानीय ज्यामरुङमा रहेको तत्कालीन श्री ५ को वायु गुठीमै तिरे पनि हुने सुविधा लालपुर्जा धनीलाई दिइएको थियो।

त्यतिखेर ठकुरी परिवारको पूजा गर्ने स्थान भएकाले त्यसलाई वायु देवता गुठी भनिएको थियो। स्थानीयले तिरेको तिरोलाई शाह परिवारले पूजाखर्चका रूपमा प्रयोग गर्ने गरेका थिए । धादिङ ज्यामरुङका ईश्वरीबहादुर लम्सालले व्यक्तिको नाममा लालपुर्जा भए पनि वायु गुठीलाई तिरो तिर्ने भएकाले लालपुर्जाको एक छेउमा ‘वायु गुठी’भनेर लेखिएको जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×