फुडमाण्डुको “बडा दशैं बाइट्स“ क्याम्पेन

काठमाडौं - नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ । यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत “बडा दशैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत “बडा दशैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५०% सम्मको डिस्काउन्ट पाउन सकिनेछ ।

यसबारे बोल्दै फूडमान्डु की ब्रान्ड एंड  मार्केटिङ मेनेजर, सुश्री इनशा भट्टराई भने, “यस अभियान मार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं। हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं। आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुकोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस । “ यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिनेछ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×