आफू र आफ्नो पार्टी लगानीकर्ताको साथमा रहेको प्रचण्डको दाबी

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू स्पष्ट रहेको बताएका छन्। 

अध्यक्ष प्रचण्डले आफू लगानीकर्ताको हितमा रहेको बताउँदै भनेका छन्, “नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु।” साथै, उनले झुठो प्रचारबाट भ्रममा नपर्न समेत बताएका छन्। 

सम्पूर्ण शेयर लगानीकर्ता जनसमुदायलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उनीहरूकै साथमा रहेको दाबी गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×