कलाकार खोज्छदै 'छड्के २.०'

काठमाडौँ– निर्माण नहुँदै दशैँमा  प्रदर्शन मिति घोषणा गरिएको सिक्वेल फिल्म ‘छड्के’ ले कलाकार खोजेको छ। 

सुटिङको सुरसार गर्दै मार्सल आर्ट्स सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको र इच्छा हुनेले अडिसन दिन सक्ने जनाएको छ।  ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती कलाकार छान्न लागेको हो। 


यस्तै निर्माण टिमले फिल्ममा राजेश हमाल, सुनिल थापा लगायतका अभिनेतालाई  कास्ट गर्न कसरत समेत बढाएको छ। यद्यपि तय केही भइसकेको छैन। ‘छड्के’  रिलिजअघि प्रशस्त हाइप पाएको फिल्म मध्ये एक हो।

लामो समयसम्म पहिलो दिन सबैभन्दा ज्यादा ग्रस गर्ने फिल्मको रुपमा अंकित थियो। फिल्मले रिलिजपछि भने तालीभन्दा ज्यादा गाली पाएको थियो। त्यसपछि ‘लालपूर्जा’ बनाएका निगम श्रेष्ठले ‘छड्के’ को सिक्वेल बनाउन लागेका हुन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×