एमसिसी अनुमोदनका कारण फुटको संघारमा नेकपा माओवादी केन्द्र

काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछि देखिएको मतभेद 
झन् झन् चर्किदै गएकोछ। नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठलगायतले एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्न नहुने अडान राख्दै आएका थिए। संसदबाट एमसिसी अनुमोदित हुने दिनलाई श्रेष्ठले त कालो दिनको संज्ञा नै दिएका छन् । 

एमसिसी अनुमोदित भएपछि यसबारे स्पष्टिकरण दिन पत्रकार सम्मेलन आयोजना गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राजनीतिमा जो कोहीले आआफ्नो धारणा राख्न पाउने बताएका थिए। सोमबार उनले पत्रकार सम्मेलन गर्दै पार्टीबाट श्रेष्ठ अलग भए पनि आफूले केही गर्न नसक्ने घुमाउरो पारामा बताएका थिए। श्रेष्ठसहित पूर्व एकता केन्द्र समूहका नेताहरुले माओवादी पार्टीबाट विद्रोह गर्ने सम्भावना बढेको छ।

श्रेष्ठले २० फागुनका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ। त्यसपछि उनी र उनीनिकट केही नेताहरु अलग हुनसक्ने अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×