श्रीलङ्कन प्रधानमन्त्री राजपाक्षको दम्पति भारतको तीर्थयात्रामा

काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी धर्मपत्नी शिरान्ती राजपाक्षले शुक्रबार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजा-अर्चना गरेका छन्।

यसअघि, मन्दिरको महाद्वारम आइपुग्दा उनलाई तिरुमाला तिरुपति देवस्थानमका संयुक्त कार्यकारी अधिकृत वीरब्रह्मम र प्रमुख सतर्कता र सुरक्षा अधिकारी गोपीनाथ जट्टीले स्वागत गरेका थिए। मन्दिर दर्शनपछि रंगनायकुला मण्डपममा वैदिक पण्डितहरूले उनलाई प्रसाद प्रदान गरेका छन्। आन्ध्र प्रदेशका उपमुख्यमन्त्री नारायण स्वामी पनि श्रीलंकाका प्रधानमन्त्रीको तिरुमाला मन्दिर भ्रमणका क्रममा उपस्थित थिए।

हाल उनीहरू भारतको तीर्थयात्रामा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×