सुवासले जिते टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप

काठमाडौँ - सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप जितेका छन्। गोकर्ण गल्फ कोर्समा ५४ होलको प्रतियोगितामा नेपालका नम्बर १ एमेच्योर गल्फर सुवास बिहीबार ३ अन्डर ६९ स्कोर गरेपछि उपाधिको हकदार बनेका हुन्।

भारतको प्रतिष्ठित तरुण शरदेसाई एकेडेमीमा ३ महिना प्रशिक्षण लिएर फर्किएका सुवासले १० अन्डर कुल २ सय ८ को स्कोर बनाउँदै विजेता बनेका हुन्। ३ दिनै शीर्षस्थानमा रहेका उनले पहिलो, तेस्रो, सातौं र नवौं होलमा बर्डी बनाएका थिए।

उनी टासी छिरिङभन्दा १३ स्ट्रोकले अगाडि रहेका थिए। नेपाल गल्फ संघ (एनजीए) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा भएको विश्व एमेच्योर वरीयताको प्रतियोगितामा टासीले एक ओभर ७३ को स्कोर खेल्दै कुल ३ ओभर २ सय १९ को स्कोर बनाएका थिए।

वान्चेन ढोन्डुप ५ ओभर २ सय २१ स्कोरका साथ तेस्रो स्थानमा रहेका थिए। उनले दिनको खेलमा इभन पार ७२ स्कोर गरेका थिए। कतारका सेलाह अली लाकाबी ८ ओभर २ सय २४ स्कोर गर्दै चौथो स्थानमा रहे। उनले अन्तिम दिन ६ ओभर ७८ स्कोर गरेका थिए। सद्भव आचार्य पाँचौं स्थानमा रहेका थिए। उनले ५ ओभर ७७ स्कोर खेल्दै कुल ९ ओभर २ सय २५ स्कोर गरे।

महिलातर्फको उपाधि कस्मिरा शाहले जितिन्। उनले २४ ओभर २ सय ४० को स्कोर बनाइन्। उनले बिहीबार १५ ओभर ८७ को स्कोर बनाइन्। सुष्मा सिग्देल ४५ ओभर २ सय ६१ स्कोरसहित उपविजेता र सोनिया अख्तर ४७ ओभर २ सय ६३ स्कोरसहित तेस्रो भएका थिए।

रिंकी अख्तर १९ ओभर ९१ स्कोरसहित चौथो र प्रतिभा राई ५२ ओभर २ सय ६८ स्कोरसहित पाँचौं भएकका थिए। प्रतियोगितामा ३४ गल्फरले सहभागिता रहेको थियो। अन्तिम दिन ७२ गल्फबीच सोसियल गल्फ भएको थियो। १८ होल स्टेबल फर्म्याटमा खेलिएको प्रतियोगिता नोर्बु छिरिङ शेर्पाले जितेका थिए। उनले ३९ स्कोर गरे। ढुन्डु नामग्याल ३५ स्कोरसाथ दोस्रो भए। आइस्टिन टण्डनले महिला सोसियल गल्फको उपाधि जितिन्। आर्सिया बानु दोस्रो भइन्।

सुरेश बानियाँ सिनियर्सतर्फ पहिलो र एमबी राउत दोस्रो भएका थिए। अभिमन्यू कार्कीले जुनियर उपाधि जित। सालेह अली लाकाबीले लङ्गेस्ट ड्राइभ र मुकेश जोशीले क्लोजेस्ट टु द पिनको अवार्ड पाएका थिए।

विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, उपाध्यक्ष तिलक राई र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×