प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपाल एपिएफ अस्पताल, बलम्बुले आज एक प्रेस विज्ञयप्ति जारी गर्दै आज उनी डिस्चार्ज भएको जानकारी गराएका छन् ।
विज्ञप्तिका अनुसार उनलाई शुक्रबार बिहान ९३० बजे डिस्चार्ज गरिएको हो । कोभिड-१९ निमोनियाका लागि अस्पताल भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालका प्रवक्ता डा. प्रबिन नेपालले विज्ञप्तिमार्फत जानकारी दिए । उनी कोरोना संक्रमणपछि सोमबार नेपाल एपीएफ अस्पतालमा भर्ना भएका थिए ।
प्रधानन्यायाधीश जबराले बिहीबार नै न्यायाधीश हरिकृष्ण कार्कीलाई शुक्रबार डिस्चार्ज हुने जानकारी गराएका थिए । उनले बिदा नबस्ने र सरकारी निवासबाटै काम गर्ने बताएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद टुंगिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×