नेसन्स लिगमा स्पेनको पहिलो जित

काठमाडौँ - पाब्लो सराबियाको गोलमा स्पेनलले बिहीबार राति यूईएफए नेसन्स लिगमा स्विट्जरल्यान्डलाई १–० ले हराएको छ। जारी सिजन नेसन्स लिगमा स्पेनको यो पहिलो जित हो। 

स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनको जितमा पहिलो हाफमा पाब्लो सारावियाले गरेको गोल नै निर्णायक बन्यो। उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पासमा गोल गर्न सफल भएका थिए।

यो जितसँगै नेसन्स लिगमा पहिलो जित निकालेको स्पेन ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा छ। स्पेनले यसअघि पोर्चुगलसँग १–१ गोलको तथा चेक रिपब्लिकसँग २–२ गोलको बराबरी खेलेको थियो। पराजित स्वीट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन।

यो समूहमा अपराजित पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ३ अंक जोडेर तेस्रो स्थानमा छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×