राडिपाखी बुन्ने उपकरणका कारण जुम्लाका उद्यमीलाई सहज

काठमाडौँ - जुम्लाको तातोपानी गाउँपालिका– ७ का किसानलाई राडिपाखी बुन्ने उपकरण उपलब्ध गराएपछि त्यहाँ कार्यरत उद्यमीलाई काम गर्न सहज भएको छ।

पहिले एक हप्तामा एउटै मात्र राडिपाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले उपकरणको  प्रयोगले सहजै तीन–चारवटासम्म राडिपाखी बुन्न थालेको स्थानीयवासी चन्द्रबहादुर कुँवरले जानकारी दिए। उक्त वडाका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत भेडापालन हो। भेडाको ऊनबाट विभिन्न राडिपाखी, स्वीटर, पाखेकोट, गलबन्धी, लिउलगायत सामग्री बनाइन्छ। यी सबै सामग्री बुन्न पुरानो परम्परागतको चाद प्रयोग हुँदै आएको थियो। एक राडिपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले उपकरण उपलब्ध गराउनका साथै तालिमसमेत दिएपछि निकै राहत मिलेको स्थानीयवासीले बताए।

पहिलोपटक उपकरणबाट राडिपाखी बुन्न पाउँदा उनीहरू खुसी भएका छन्। सो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएको र आत्मनिर्भर हुन प्रेरित गरेको उनीहरूको भनाइ छ। गाउँपालिकाले विभिन्न आत्मनिर्भरका तालिम सञ्चालन गरेकाले सिकेका सीप प्रयोगमा ल्याउनु अति आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×