व्यास अल्ट्रा म्याराथन प्रतियोगिता हुने

तनहुँ - व्यास नगरपालिकाले व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २८ गते सो खेल आयोजना गर्ने निर्णय गरेको हो।  

खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले वर्सेनि अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको हो। नगरपालिका–५ मानुङकोटदेखि नगरपालिका–८ सहीदग्राम सहीदपार्कसम्मको ४४ किलोमिटर दूरीमा सो प्रतियोगिता आयोजना गरिने भएको हो। मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिमर्याङको सहीदपार्ककोसमेत विकासमा सघाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। 

हरेक वर्ष सहीद दिवसमा यो प्रतियोगिता आयोजना गर्दै आए पनि यसअघि कोरोनाका कारण स्थगित गरिएको थियो। ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नारासाथ प्रतियोगिता हुनेछ। नगरप्रमुख न्यौपानेले मानहुँकोट र पुलिमर्याङलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने गरी प्रतियोगिता आयोजना गरिएको बताए। 

राजमार्गको नजिक पर्ने भएकोले मानहुँकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ। “तर, पुलिमर्याङ त्यति परिचित नभए पनि महत्वपूर्ण गन्तव्य हो”, उनले भने “अब मानहुँकोटको जस्तै प्रचार पुलिमर्याङको पनि गर्न जरुरी छ।” त्यसैगरी महिला हाफ म्याराथन प्रतियोगिता दमौलीदेखि तनहुँसुरसम्म २०७८ फागुन २४ गते गरिने छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×