रोहित निर्देशक हुनुमा अजयको हात

काठमाडौँ - बलिउडमा अजय देवगन र रोहित शेट्टी मिल्ने मित्र हुन्। बाल्यकालदेखि नै अजयको कम्पनीसँग जोडिएका रोहितलाई निर्देशनमा ल्याउने श्रेय अजयलाई नै जान्छ। 

रोहितको संघर्षको समयमा अजयले फिल्ममा लगानीसँगै अभिनय गरेर उनलाई साथ दिएका थिए। उनीहरू असल मित्र मात्र हैनन्, एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन्। अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन्। 

सानैदेखि मित्र रहेका अजय र रोहितले संघर्षका दिनहरूसँगै बिताएका छन्। यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन्। अजय निर्देशित ‘रन वे ३४’ को एक कार्यक्रममा बोल्दै रोहितले अजयको बारेमा केही खुलासा गरेका छन्। उनले भने, ‘अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे र हामीले उहाँबाट धेरै काम सिकेका छौं। तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन्। उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन्।’ 

उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए। अजयले फिल्मको सब्जेक्टले तानेकाले निर्देशन गरेको बताए। फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुलप्रीत सिंह, क्यारीमिनाटी, बोमन इरानीलगायतका कलाकारहरूको अभिनय छ। 

सन् २०१५ मा जेट एयरवेजको दोहा-कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोसनल र हाई ओक्टेन थ्रिलर फिल्म हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×