ललितपुर- शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबले अंक बाँडेका छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा प्लानिङ र सानेपाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
खेलको तेस्रो मिनेटमा खेमराज तामाङको गोलसँगै सानेपाले अग्रता लिएको थियो। तर १२ औँ मिनेटमा प्लानिङका लागि दीपक श्रेष्ठले गोल गर्दैँ खेललाई बराबरीमा पुर्याए। दुवै टोलीको लगातार प्रयास भएतापनि खेलको अर्को गोल भने हुन सकेन। सानेपाका सुमन कार्की म्यान अफ द म्याच घोषित भए।
आज नै हुने महावीर र झापा फुटबल क्लब बिचको अर्को खेल दिउँसो ४ बजेबाट सुरु भएको छ।