तनहुँ । जिल्लामा केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । भानुमा पाँच, व्यासमा नौ, शुक्लागण्डकीमा पाँच, भिमादमा तीन, म्याग्देमा तीन, ऋषिङमा दुई, बन्दीपुरमा चार र आँबुखैरेनीमा १५ सक्रिय सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । घिरिङ र देवघाटमा भने सक्रिय सङ्क्रमित नरहेको उनले बताए ।
तनहुँमा हालसम्म पाँच हजार ४२७ जनामा कोरोना भएकामा पाँच हजार २५१ निको भएका छन् भने १३० को मृत्यु भएको छ ।