काठमाडौं - युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसी फुटबलमाथि ठूलो प्रतिबन्ध लगाएको छ। यूईएफलेले रुसको राष्ट्रिय टिम र क्लबमाथि सोमबार थप प्रतिबन्ध सुनाएको हो। जसको असर आगामी समरमा हुने महिला युरो २०२२ समेत पर्ने छ। यूईएफले रुसको महिला टिमलाई युरो २०२२ मा पनि प्रतिबन्ध लगाएको छ।
यस्तै रुसको कुनै पनि क्लबले आगामी सिजन युरोपको कुनै प्रतियोगितामा सहभागी हुन पाउने छैन। रुसले युरो २०२८ वा २०३२ को आयोजनाका लागि पेस गरेको दाबीसमेत अयोग्य भएको यूईएफएले जनाएको छ।
यसअघि फेब्रुअरीमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र यूईएफएले रुसको राष्ट्रिय टिम र रुसी क्लबमाथि अर्को सूचना नआएसम्मको लागि निलम्बन गरेको थियो।