ला लिगाको खेल तालिका सार्वजिनक

काठमाडौँ - स्पेनिस ला लिगाको नयाँ सिजनका लागि खेल तालिका सार्वजनिक भएको छ। ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार लिगको नयाँ सिजन १२ अगस्टबाट सुरु हुनेछ।

सिजनको पहिलो दिनमा ओसासुनाले सेभिया, एथ्लेटिको क्लब बिल्बाओले मार्लोका तथा प्ले अफ मार्फत ला लिगमा बढुवा भएको जिरोनाले भ्यालेन्सियाको सामना गर्नेछन्।

साविक विजेता रियाल मड्रिडले अलमेरियासँगको खेलबाट सिजनको सुरूवात गर्नेछ। बार्सिलोनाले सिजनको पहिलो खेलमा रायो भ्लेकानोको सामना गर्नेछ। दुवै खेल १४ अगस्टमा हुनेछ।

सिजनका पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियालको घरेलु मैदान सायान्टियागो बर्नाबेउ तथा दोस्रो खेल १९ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×