भिएनएल: फ्रान्स र पोल्यान्ड सेमिफाइनलमा

काठमाडौँ - बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल)को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गरेको हो।

सहज जित निकाल्ने क्रममा फ्रान्सले जापानलाई २६-२४, २५-१६ र २५-२० ले पराजित गरेको छ। यता, पोल्यान्डले इरानलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटले पराजित गरेको छ।


२५-२१ ले पहिलो सेट जितेको पोल्यान्ड दोस्रो सेट इरानलाई २४-२६ ले सुम्पिएको थियो। तेस्रो सेट पुनः पोल्यान्डले २५-१८ ले जित्यो। चौथो सेटमा इरानले पुनरागमन गर्दै १६-२५ ले जित निकाल्यो।

अन्तिम तथा निर्णायक सेटमा पोल्यान्ड १५-७ ले विजयी हुन सफल भयो। अब, फाइनल प्रवेशका लागि पोल्यान्डले अमेरिकासंग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×