काठमाडौँ - बक्स अफिसमा पैसा छापेको एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले डिजिटल प्लेटफर्ममा पनि उत्तिकै दर्शक पाइरहेको छ। मे को अन्तिम हप्ता नेटफ्लिक्समा सार्वजनिक भएको फिल्मको हिन्दी संस्करणले एक हप्तामा १ करोड ८३ लाख ६० हजार घन्टा हेरिएको थियो। जसलाई नेटफ्लिक्सले गैर अंगे्रेजी भाषाका फिल्ममा रेकर्ड रहेको जनाएको छ।
यो फिल्म प्रान्तीय भाषामा जी फाइभ मार्फत सार्वजनिक भएको थियो। भने, हिन्दी अधिकार नेटफ्लिक्सले लिएको थियो। ब्रिटिशकालीन दुई स्वतन्त्रता सेनानीको कथा प्रस्तुत गर्ने फिल्ममा जुनियर एनटीआर र राम चरणले सेनानीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा देखिएका छन्।
जुन १ देखि यो फिल्म अमेरिकामा पनि सय भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ। फिल्मले त्यहाँ पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।