दाङको जुत्ता पसल आगलागीमा ५ जनाको मृत्यु

दाङ - दाङको तुलसीपुर बजारमा रहेको एक जुत्ता पसलको गोदाम घरमा आगलागी हुँदा बालबालिका सहति ५ जनाको मृत्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा करिब राती दुई बजेतिर आगलागि भएको थियो। तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहानपख नियन्त्रणमा लिएपछि मृतकहरुको शव निकालिएको हो।

मृत्यु हुनेमा ५ बर्षका अविजदिन अली, अन्दाजी १२ बर्षका साजीता खातुन, १४/१५ बर्षका हसन वकस, १६/१७ बर्षका मसीन वकस, र ४२ बर्षका नजरदिन अली रहेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उद्धारको प्रयास गर्ने क्रममा अमर डाँगी घाइते भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। मृतकहरुको शव पोष्टमार्टका लागि राप्ती प्रादेशि अस्पतालको शव गृहमा राखिएको छ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ। क्षेतिको एकिन बिबरण आउँन बाँकी रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×