भारतीय ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल रावतको निधन पुष्टि

काठमाडौँ। भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। उनी सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो। सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो।

भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ। भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी दिएको थियो। उनी भारतका पूर्वस्थल सेना प्रमुख एवं नेपाली सेनाका पूर्वमानार्थ महारथी हुन्। उनलाई नेपाली सेनाको मानार्थ महारथीबाट २९ मार्च २०१७ मा सम्मान प्रदान गरिएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×