झिँगा मानाको साढे दुई रुपियाँ !

काठमाडौँ - आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ। यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए। घटना २०१५ साल साउन महिनाको हो। उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए। तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठहर्‍याएको थियो।

तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपियाँमध्ये छ हजार रुपियाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपियाँ परोपकार संस्था, दुई हजार रुपियाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपियाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय गर्यो। स्वास्थ्य निर्देशक रघुवर वैद्य थिए।

कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो। 

कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि ग¥यो। एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपियाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो। 

हैजा थामिएकै थिएन। हैजाको प्रकोप बढ्दै गएपछि काठमाडौँ र ललितपुरमा क्षमापूजा पनि गरिए। विश्व स्वास्थ्य सङ्गठनले २५ हजार जनालाई पुग्ने हैजाविरुद्धको सुई उपलब्ध गरायो। इन्डियन एड मिसन र इन्डियन रेडक्रस सोसाइटीले पनि उपलब्ध गरायो। गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×